स्याङ्जामा भएकाे मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडीको मृत्यु
स्याङ्जा : गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर मृत्यु भएको छ ।
स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
२२ वर्षे सन्तोषको चापाकोट ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनामा परेको गण्डकी प्रदेश भलिबलका क्याप्टेन हरि पाण्डेले जानाकारी दिनुभयो । गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेल्नुभएका सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समते खेल्दै आउनुभएको थियो ।
गण्डकीका उदीयमान खेलाडी थापाले एपिएफबाट एनभिए, लामाचौर र किङ्स कप खेल्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


