दोस्रो स्याङजा आँधिखोला महोत्सव पुस १२ देखी २२ सम्म हुने
स्याङजा:
पुस १२ गते देखी २२ गते सम्म स्याङजाको मालेवगर खेलकुद मैदानमा दोस्रो स्याङजा आँधिखोला महोत्सव हुने भएको छ । स्याङजा चेम्बर अफ कमर्श स्याङजाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत महोत्सवको मिति सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा स्याङजा चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मीले सम्बन्धीत पालिकाहरुसग सहकार्य गरी महोत्सवको मिति सार्वजनिक गरिएको बताउनुभयो । उहाँले महोत्सवबाट आम्दानी भएको रकम सामाजिक उत्तर दायीत्व अन्तरगत समाजसेवामा खर्च गरिने समेत जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संस्थाका वरिष्ट उपाध्यक्ष श्री गुरुङले महोत्सवमा कृषि जन्य वस्तुहरुको वजारीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजी भएको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगहरु प्रबद्र्धन गर्न आवश्यक प्रविधि हस्तान्तरण गर्न महोत्सवले टेवा पु¥याउने विश्वास लिनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङजाका कोषाध्यक्ष रमेश गोदारले महोत्सवलाई सफल बनाउन सबैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताउनुभयो त्यसैगरी पत्रकार रोशन लामिछानेले महोत्सव सफल बनाउन दर्शकको महत्वपूर्ण भुमिका हुने बताउदै दर्शकका लागि महोत्सवमा सहज व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संचारकर्मी युवराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । स्याङजा चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रिखीराम पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्री गुरुङले राख्नुभएको थियो । महोत्सवमा ४५ लाख आम्दानी गर्ने र ३६ लाख खर्च गरी ९ लाख बचत हुने आयोगकको अनुमान रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


