खाना पकाउने कुकर प्रहार गरी श्रीमतीको हत्या ।

उदयपुर
घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
२ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…