वालिङको वडा प्रहरी हिरासत भित्रै कुटपिट भएको भन्दै प्रशासन र मानवअधिकार आयोगमा उजुरी ।

वालिङ २२, असोज :
वडा प्रहरी कार्यालय वालिङमा थुनुवा माथि यातना दिएको भन्दै पिडितहरुले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी गरेका छन् ।
गत भदौ २६ गते वालिङ स्थित एक होटलमा भएको कुटपिटको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङवाट आएको टोलीले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको अवस्थामा उनीहरु माथि चरम यातना र कुटपीट गरेको पिडितहरुको आरोप छ । पिडितहरुले आफूहरुलाई प्रहरी कार्यालय भित्रै हतकडी लगाएर चरम यातना र कुटपिट गरी घाईते बनाएको भन्दै जिल्ला प्रशासन र मानवआधिकार आयोग समक्ष उजुरी गरेको जानकारी गराएका छन् ।
घटनामा वालिङका अशोक श्रेष्ठ, दिपेन्द्र अर्याल, रेशमवहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो । हिरासतमा रहेकै अवस्थामा राती १ बजे सम्म हतकडी लगाएर वाहिर उभ्याएर राखेको र थुनामा रहेका अर्याललाई चरम कुटपिट गरी घाईते वनाएपछि अर्यालको उच्च रक्तचाप भएपछि तत्काल गह्रौ ध्याङलिङ अस्पतालमा उपचारको लागि लगेको वुझिएको छ । अस्पतालले उनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि वुटवल रिफर गरेको पिडितको भनाइ छ । अर्याल एक हप्तापछि उपचार गरेर पुन प्रहरीको सम्पर्कमा पुगेका थिए । उनको शरिरमा निलडाम र खुट्टामा गहिरो चोट लागेको थियो ।
कुटपिटको मुद्दामा रहेका उनीहरुको अदालतले सामान्य धरौटीमा छाडेपछि उनीहरुले न्यायको लागि जिल्ला प्रशासन र मानवअधिकार आयोगमा उजुरी गर्न पुगेका हुन् । हिरासतमा रहेका वेला प्रहरी निरिक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको पिडितहरुको आरोप छ । कुटपिट गर्ने क्रममा बञ्जराले मोवाईलमा भिडियो कल गरेर प्रशान्त श्रेष्ठलाई देखाएको पिडितको निवेदनमा उल्लेख गरिएको छ ।
प्रहरीले नियन्त्रणमा लिइसकेपछि हिरासत भित्र कुटपिट लगायतका यातना दिन नपाइने कानुनी मान्यता रहँदा पनि यस्ता घटना बाहिरिनुले प्रहरी प्रतिको विश्वासमा शंका उत्पन्न भएको स्थानीयहरु वताउँछन् । घटनाको सत्य तथ्य छानविन गरी दोसि प्रहरीलाई कारवाही गरिनुपर्ने उनीहरुको माग छ । यस विषयमा वालिङका केही स्थानीयले केही दिन अगाडि वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक इकवाल हवारी र प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई समेत ध्यानाकर्षण गरेको वताएका छन् ।
घटनाका विषयमा मानवअधिकार आयोगले पिडितको अस्पतालको रिपोट समेत झिकाई अनुसन्धान सुरु गरेको वताएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाकाे फेदीखोला गाउँपालिका सम्मानित
१६ घण्टा अगाडि
स्याङ्जा : अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा…