स्याङ्जामा मनाईयो ६८ औं प्रहरी दिवस
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाएको छ। ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दे प्रत्येक बर्ष आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ।
दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गर्नुभयो ।
सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सिमित स्रोत र साधनको बाजजूद पनि स्याङ्जा प्रहरीले सामाजिक क्षेत्रमा पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाउनुभयो।
घरपरिवारमा हुने सामान्य देखि जिल्लामा भए गरेका घटनाप्रति प्रहरीले गर्दे आएको कामको प्रशंसा गर्दै अपराध अनुसन्धानमा प्रहरी यूनिट अब्बल रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक संजयबहादुर राउत, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, प्रहरी निरीक्षक पहलसिंङ लामा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठ लगायतले प्रहरी नागरिक बीच सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरद्धारा प्रेषित शुभकामना सन्देश पनि वाचन गरिएको छ।
समाजमा शान्ति सुरक्षा कायम राख्न सहयोग पुरयाउने समाजसेवीहरु, सहिद परिवार र पूर्व प्रहरीलाई सम्मान गरिएको थियो।
प्रहरी मातहत ब्याडमिन्टन र टेवलटेनिसमा प्रथम, द्धितिय र तृतीय हुनेलाई नगद सहित पुरस्कृत गरिएको छ।
यसैगरी, कार्यालयमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो। बिद्यालय स्तरमा आयोजित निवन्ध प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेलाई पनि पुरस्कृत गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक संजयबहादुर राउतकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले स्वागत एवं प्रहरी निरीक्षक पहलसिंह लामाले संचालन गर्नुभएको थियो ।
स्याङ्जामा प्रहरी दिवस । तस्विरहरु ः भवानी अधिकारी÷स्याङ्जा
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…