निगमले लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
काठमाडौँ :
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ। फिर्ता भएको मूल्यवृद्धि आज रातिबाट लागू हुने नेपाल आयल निगमले जनाएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएका थिए।
सोही बमोजिम निगमले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको हो।

Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


