नेपालद्वारा यूएई ७ विकेटले पराजित ।
काठमाण्डौ:
नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गरेको थियो ।
कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जिताए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए ।
यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुआत राम्रो थिएन ।
सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्यु’ गरिहेका खालिद शाहलाई शुन्यमा आउट गराए । अलिशन सराफु पनि ६ रन बनाई करण केसीको बलमा आउट भएपछि यूएईको संकट चुलिएको थियो ।
कप्तान मोहम्मद वासिमलाई गुल्शन झाले आउट गरे । वासिमले १८ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १७ रन बनाए । गुल्शनले आसिफ खानलाई आउट गरी नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । आसिफले १२ बल खेली २ चौका प्रहार गर्दै १५ रन बनाए ।
अलि नासिर र बसिल हमिदले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे । नासिरले ३० बल खेली ३ चौका र १ छक्कासहित ३२ रन बनाए । उनी करणको दोस्रो शिकार बनाए । हमिदले ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा कुल ३८ बल खेली १ चौका र ४ छक्का प्रहार गरि ५१ रन बनाए ।
नेपालबाट करणले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रनमात्र खर्चे । गुल्शनले ३ ओभरमा ११ रन खर्चेर २ र सोमपाल कामीले १ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिनेक्रममा ४ ओभरमा ३८ रन खर्चे ।
नेपालले श्याम ९मौसम० ढकाललाई ‘डेब्यु’ गराएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने नेपालका ४४ औ खेलाडी बनेका उनले २ ओभरमा १४ रन खर्चेका थिए । तीनदेशीय प्रतियोगिताको अर्को टोली हङकङ रहेको छ । नेपालले बिहीबार हङकङसँग खेल्ने छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


