महिला कबड्डीमा बंगालदेशलाई हरायो नेपालले , कम्तिमा कास्य पदकको सम्भावना।
काठमाण्डौ:
हाङझाउ एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना बढेको छ। महिला कबड्डीमा सोमबार बंगालदेशलाई ३७-२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो।
सोमबार विहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको भिडन्तको १५ मिनेटको पहिलो हाफमा नेपालले २१-१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको हो।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।
एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ। जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ।
नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ। त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्नेछ। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था छ। यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तिमा कास्य पदक जित्ने अवसर छ।
नेपालले कबड्डीबाट एसियाली खेलकुदमा पदक जिते त्यो टिम खेलबाट दोस्रो पदक हुनेछ। यसअघि सन् २०१८ को इन्डोनेसियाको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्सबाट रजत जितेको थियो। एसियाली खेलकुदमा नेपाली महिला टिम तथा कबड्डीबाट भने पहिलो पदक हुँदै इतिहास बन्नेछ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


