नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
काठमाण्डाै :
मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
मलेसियाले दिएकाे १ सय ६६ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३२ रन बनाए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपालले हिजो साेमवार सिङ्गापुरलाई ८ विकेटले हराएकाे थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ । Pic-Kushal Malla/CAN
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


