नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउने

वालिङ :
नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउनु हुने भएको छ । मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाको आयोजनामा हुने एक बृहत अन्तरक्रिया कार्यक्रमका लागि कार्तिक १८ गते गुरुङ सहितका विद्वान व्यक्तित्वहरु वालिङमा आउने कार्यक्रम तय भएको हो ।
वालिङवासी युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र चाडपर्व लगायतका विषयहरुको वैज्ञानिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
स्वतस्फुर्त रुपमा वालिङका युवाहरुले शुरु गरेको अभियान मार्फत जन्म भएको ‘मातापिता प्रतिष्ठान’को आयोजनामा हुन लागेको कार्यक्रममा ऋषि प्राज्ञ डा. गुरुङ सहित धार्मिक अभियन्ता चैतन्य कृष्ण र प्रा. डा. जगन्नाथ रेग्मी लगायतो सहभागिता रहने संस्थाका सचिव भरत बगालेले जानकारी दिनुभयो ।
वालिङ स्थित सिटी हलमा हुने कार्यक्रममा संस्कार संस्कृति प्राचीन सभ्यता, धर्म संस्कृति, चाडपर्व लगाएतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा प्रवचन कार्यक्रम हुने संस्थाका अध्यक्ष श्याम प्रसाद ढुंगानाले बताउनु भयो ।
अहिलेको युवापुस्तालाई संस्कार र संस्कृति बारे बुझाउने तथा धार्मिक,सांस्कृतिक र मानविय दायित्व र कर्तव्यका बारेमा सुसूचित गराउने योजनाका साथ कार्यक्रम राखिएको उहाँले बताउनु भयो ।
आगामी १८ गते हुने वृहत कार्यक्रम सफल पार्नका लागि वालिङ् ८ नया बजारमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको कार्यक्रम आयोजना प्रचार प्रसार समितिका संयोजक रेशमलाल कोइरालाले बताउनुभयो ।
प्रतिष्ठानका सदस्य एबम् भेला आयोजना समितिका संयोजक प्रदीप बगालेले कार्यक्रम नविनतम प्रकृतिको रहेकोले सवैलाई सहभागिताका लागि अनुरोध गर्नु भएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…