नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउने
वालिङ :
नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउनु हुने भएको छ । मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाको आयोजनामा हुने एक बृहत अन्तरक्रिया कार्यक्रमका लागि कार्तिक १८ गते गुरुङ सहितका विद्वान व्यक्तित्वहरु वालिङमा आउने कार्यक्रम तय भएको हो ।
वालिङवासी युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र चाडपर्व लगायतका विषयहरुको वैज्ञानिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
स्वतस्फुर्त रुपमा वालिङका युवाहरुले शुरु गरेको अभियान मार्फत जन्म भएको ‘मातापिता प्रतिष्ठान’को आयोजनामा हुन लागेको कार्यक्रममा ऋषि प्राज्ञ डा. गुरुङ सहित धार्मिक अभियन्ता चैतन्य कृष्ण र प्रा. डा. जगन्नाथ रेग्मी लगायतो सहभागिता रहने संस्थाका सचिव भरत बगालेले जानकारी दिनुभयो ।
वालिङ स्थित सिटी हलमा हुने कार्यक्रममा संस्कार संस्कृति प्राचीन सभ्यता, धर्म संस्कृति, चाडपर्व लगाएतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा प्रवचन कार्यक्रम हुने संस्थाका अध्यक्ष श्याम प्रसाद ढुंगानाले बताउनु भयो ।
अहिलेको युवापुस्तालाई संस्कार र संस्कृति बारे बुझाउने तथा धार्मिक,सांस्कृतिक र मानविय दायित्व र कर्तव्यका बारेमा सुसूचित गराउने योजनाका साथ कार्यक्रम राखिएको उहाँले बताउनु भयो ।
आगामी १८ गते हुने वृहत कार्यक्रम सफल पार्नका लागि वालिङ् ८ नया बजारमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको कार्यक्रम आयोजना प्रचार प्रसार समितिका संयोजक रेशमलाल कोइरालाले बताउनुभयो ।
प्रतिष्ठानका सदस्य एबम् भेला आयोजना समितिका संयोजक प्रदीप बगालेले कार्यक्रम नविनतम प्रकृतिको रहेकोले सवैलाई सहभागिताका लागि अनुरोध गर्नु भएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


