धार्मिक पर्यटकीय गन्तब्य बनाउन महोत्सव

स्याङ्जा :
मनको कामना पुरा गरिदिने विश्वास रहदै आएको एतिहिासिक धार्मिक स्थल मनकामना मन्दिरको प्रचार प्रसारका लागि दोस्रो महोत्सव गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ गहतेमा रहेको मनाकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दोस्रो महोत्सव आयोजना गरिएको हो ।

‘दोस्रो मनकामना महोत्सव २०८० सफल पारौं, धार्मिक पर्यटन, सांस्कृतिक तथा खेलकुद विकासमा टेवा पु¥याऔं’ भन्ने मुलनारा सहित स्याङ्जाको बिरुवा गाउँपालिकाको एकमात्र शक्तिपिठको रुपमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकसित गर्न ५ दिने महोत्सव गरिएको छ । मनकामना मन्दिरको पुन निर्माणको सहयोगार्थका लागि यो महोत्सव आयोजना गरिएको हो ।
१९८५ सालमा स्थानीय खड्कबहादुर गुरुङ्मा देवीको शक्ति आएपछि काम्दै साविकको मनकामना गाविस पुरै हिडेका थिए । पछि उनी हाल मन्दिर रहेको स्थानमा ७ दिन ७ रात तपस्या गरी बसेका थिए । तपस्या गर्दागर्दै उनी काम्न छाडेपछि यहाँ मनकामना देवीको उत्पत्ती भएकोले हरेक पुर्णिमामा पुजाआजा गर्ने प्रचलन रहदै आएको स्थानीयहरु बताउछन् ।

अहिले मनकामना मन्दिरमा भाकल गर्ने हरेक भक्तजनहरु वडा दशैंको कोजाग्रत पुर्णिमा र चैतेदशैको पुर्णिमामा पुजा गर्न आउने गर्दछन् । पहिला स्थानीय गुरुङ समुदाय र अन्य समुदायले पुजागर्दै आएपनि पछिल्लो समय भने देशभरबाट पुजागर्न आउने प्रचलन बढेको स्थानीय वेदकुमार गुरुङ् बताउछन् । कोजाग्रत पुर्णिमाको दिन र चैतेदशैको पुर्णिमाको दिन यहाँका स्थानीयले खानजोत लगायत सबै काम बन्द गर्ने गुरुङ्ले बताए ।

मनकामना मन्दिर व्यवस्थापन समितिले वडादशैंको कोजाग्रत पुर्णिमा र चैतेदशैको पुर्णिमामा मेला समेत गर्दै आएका थिए । मन्दिरको अवस्था जिर्णद्धार भएपछि पुननिर्माणका लागि सहयोगार्थ र मन्दिरको प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रम सहितको दोस्रो मनकामना महोत्सव आयोजना गरेका छन् । जुनसुकै अपठ्यारो र दुखमा मनकामनालाई भाकल गर्ने हो भने पुरा हुने विश्वास रहदै आएको स्थानीय समाजसेवी ध्रुवविक्रम खाँण बताउछन् । पहिला सम्झनुहोस समाजसेवी खाँणले भने,‘आफुले मागेको पुराभएपछि पुजा गर्न आउनुहोस ।’ मागेपछि मनको कामना पुरा गर्ने देवीको रुपमा यो मन्दिरलाई विश्वास मानिएको छ उनले भने ।

सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै १८ किलोमिटर कच्ची सडक मार्फत पुग्न सकिने यो मन्दिर जिल्लाकै उच्च भागमा पर्दछ । यहाँबाट धेरै ठाउँहरु देख्न सकिने अत्यन्तै मनमोहक समेत रहेको छ । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सकियो भने यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने उदेश्यले यो महोत्सव आयोजना गरिएको दोस्रो मनकामना महोत्सव २०८० का अध्यक्ष मेखराज गुरुङ्ले बताए । जनजाती बाहुल्यता रहेको यो ठाउँमा यो मन्दिरलाई कलात्मक बनाउदै धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियानमा लागेको गुरुङ्ले बताए ।

यहाँ आउने पर्यटकलाई होमस्टेमा बस्ने व्यवस्था समेत मिलाइएको उनले बताए । बिशेष गरी वडा दशैंको पुर्णिमा र चैते दशैंको पुर्णिमामा हजारौं भक्तजन दर्शन गर्न पुग्ने यो मन्दिरमा जाने सडक भने निकै जोखिम रहेको छ । ग्रामिण क्षेत्रको विकासका लागि यो मन्दिर एउटा कोशेढुङ्गा सावित हुने देखिन्छ । मनकामना मन्दिर स्थल वरीपरीको विकास र पुग्न सहज हुने सडक निर्माण भएमा धार्मिक पर्यटनका लागि एउटा गन्तव्य बन्ने निश्चित छ । यसका लागि तिनैतहका सरकारको ध्यान जान जरुरी रहेको छ ।

Facebook Comments Box
TOP