स्याङ्जामा राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै
स्याङ्जा :
पुतलीबजार नगरपालिका-९ कोल्माको बराहचौरमा पुस ७ गते चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो।
दौडअन्तर्गत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए।
उनका अनुसार जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। २१ वर्षमुनिका लागि खुल्लातर्फ १० किलोमिटर राखिएको छ। महिलाका लागि ५ किलोमिटर गरी ३ विधाका दौड प्रतियोगिता हुने भएको छ।
कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले-बहाकोट-राङभाङ डाँडा स्वारा-नाम्चे -काल्खु-राईपुर-ओरष्टे भन्ज्याङ् हुँदै पुनः कोल्मासम्मको लागि रुट तय गरिएको छ। दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ।
२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजारसहित ट्रफी र मेडल पाउनेछन्। १० किलोमिटरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी र मेडल पाउनेछन्।
महिलातर्फको ५ किलोमिटरतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद पाउने पूर्व महासचिव मन थापाले जानकारी दिए।
प्रतियोगिता २०७५ बाट सुरु भएको हो। कोरोनाका कारण २०७७ र २०७८ मा प्रतियोगिता स्थगित भएको थियो। Pic/Web
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


