बझाङमा पुनः भूकम्पको धक्का ।
बझाङ:
बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते बनेका थिए। यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।
उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ। १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ।
अझै क्षतिको तथ्यांक संकलनको काम जारी रहेको र केही तथ्यांक संकलन भएर प्रशासनका आइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका १७ परकम्प गएका छन्।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


