बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प, दुई घाइते, पहिरोले राजमार्ग अवरुद्ध ।
बझाङ:
बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका १० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको स्थानीय बासिन्दा दीपक जोशीले बताए ।
भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयको एउटा भवनमा पनि क्षति भएको र जिल्लाभर अरु ठाउँमा पनि थुप्रै क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिीपेश चौधरीले बताए । ‘अहिलेसम्म मानवीय क्षतिको जानकारी छैन । तर थुप्रै संरचना भत्किएको अनुमान छ । हामी विवरण संकलन गर्दैछौँ, उनले भने ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
यसअघि मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।
पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका बिरामीहरूलाई पनि बाहिर निकालिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


