डेंगुको कारण वालिङमा एक जनाको ज्यान गयो ।

dengue mosquito

स्याङजा :
स्याङ्जामा डेंगुको कारण एक जनाको ज्यान गएको छ । डेंगुको संक्रमण भएपछि उपचारका लागि पोखरा गएका एक विरामीको उपचारका क्रममा ज्यान गएको हो ।
वालिङ नगरपालिका वडा नं. १३ का ४४ बर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
स्याङ्जाको वालिङमा ६ जना डेंगुको बिरामी फेला परेका  वालिङ स्थित गह«ौं प्राथमिक अस्पतालले जनाएकाे छ ।
अस्पतालमा उपचारकालागि आएका बिरामीहरुको रगत परीक्षण गर्दा डेंगुको सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो ।
यसैवीच पाल्पामा उपचारका क्रममा ११ महिना की बालिकाको ज्यान गएको बताईएको छ । वालिङ नगरपालिका वडा नं. ११ गहतेकी ११ महिना की बालिकाको ज्यान गएको पाल्पा जिल्ला अस्पतालले जनाएको छ ।
यो सँगै जिल्लामा डेंगुको कारण ज्यान जानेको संख्या दुई पुगेको छ ।

 

Facebook Comments Box
TOP