वालिङ नगरपालिकाद्वारा शिक्षक तथा कर्मचारीलाई राजनीतिक कार्यक्रममा संलग्न नहुँन निर्देशन, अटेर गरे कारबाही हुने ।
मणी प्रसाद अर्याल/वालिङ :
वालिङ नगरपालिकाले शिक्षक तथा निजामती कर्मचारीलाई कुनै किसिमको राजनीतिक कार्यक्रममा संलग्न नहुँन निर्देशन गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण खांणले एक सूचना जारी गर्दै पालिकाका शिक्षक तथा कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा ङ को ५ छ तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ चमा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामती कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको भन्दै यस्तो निर्देशन गरिएको हो ।
साथै नगरपालिका नगरकार्यपालिकाको यही भदौ २६ गतेको बैठकको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामती कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको हुँदा यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । यो निर्णय विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


