वालिङ ५ मा ब्राह्मण समाजको गठन
वालिङ :
वालिङ नगरपालिका वडा नम्बर ५ मा ब्राह्मण समाजको गठन गरिएको छ । वालिङ ५ का ब्राम्हणहरुको भेलाले ढाकाराम पंगेनीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो । समाजको उपाध्यक्ष नारायण रेग्मी, सचिवमा लक्ष्मण रेग्मी, कोषाध्यक्षमा यमुनादेवी लामिछाने रहनुभएको छ भने सदस्यहरुमा चित्रकान्त रेग्मी, दिनकला रेग्मी, डिल्लीराम अधिकारी, राधा पंगेनी, मेघलाल रेग्मी, हुमकान्त लामिछाने, कमल रेग्मी रहनुभएको छ ।
कार्यक्रममा जिल्ला प्रतिनिधि पार्षदमा नरप्रसाद रेग्मी, भुवनेश्वर लामिछाने, भीमप्रसाद रेग्मी, हुमनाथ लामिछाने, इन्द्रप्रसाद पंगेनी निर्वाचित हुनुभएको छ । कार्यक्रममा नरप्रसाद रेग्मी, ढाकाराम पंगेनी, रामप्रसाद लामिछाने, इन्द्रप्रसाद पंगेनी, नारायणप्रसाद लामिछाने, हुमनाथ लामिछाने, नारायण रेग्मी, रमेश लामिछाने लगायतले सबै जातजातिलाई सम्मान गर्दै ब्राह्मणहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
समाजले ब्राम्हण समुदायको संस्कार संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा सहजीकरण गर्नुपर्ने वक्ताहरुले बताउनुभएको थियो । भुवनेश्वर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण रेग्मीले गर्नुभएको राजेन्द्र प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


