विदेशमा गएकाहरुलाई स्वदेश फर्काउने अभियानमा लाग्छौँ : मन्त्री तिवारी
वालिङ :
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विदेशमा गएकाहरुलाई स्वदेश फर्काउने अभियानमा लाग्ने बताउनुभएको छ । विहिबार वालिङ स्थित पतञ्जली योगपीठ भवन प्रांगणमा नेपाल महिला संघ वालिङ नगरसमितिद्धारा आयोजित तिज विषेश दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय विदेश पलायनको क्रम बढ्दो अवस्थामा रहेको भन्दै यो क्रमलाई रोक्न र विदेशमा रहनुभएका युवाहरुलाई स्वदेशमै फर्काएर स्वदेशमै रोजगार सृजना गर्नका लागी गण्डकी प्रदेश सरकारले उद्यमी लक्षित कार्यक्रमहरु गरेको मन्त्री तिवारीले बताउनुभयो । एक घर एक धारा अभियानमा प्राथामिकताका साथ सरकार लागी परेको भन्दै आफ्नो जन्मथलो वालिङमा पानीको लागी समय खर्चनु पर्ने अवस्थाको अन्त्य गर्ने उहाँले बताउनुभयो ।
आफ्नो कार्यकालमा महत्वपूर्ण योजनाहरु अगाडि बढेको भन्दै मन्त्री तिवारीले भन्नुभयो, “अहिले १०० भन्दा बढी लिफ्टिङ प्रविधिका खानेपानी योजना रहेका छन र ति योजनाको विद्युत महशुल समेत प्रदेश सरकारले निशुल्क गरेको छ । किसानलाई सिँचाईको सुविधा, किशोरीका लागी पाठेघरको क्यान्सरबाट बच्न खोपको सुविधा, निमोनियाको खोपको सुविधालगायत धेरै महत्वपूर्ण कार्य मेरै कार्यकालमा भएको छ ।” महिला र पुरुष एक रथका दुई पांग्रा भएकाले महिलालाई अगाडि बढाउन घर परिवारबाटै उचित वातावरण सृजना गर्नुपर्ने मन्त्री तिवारीको भनाई छ । साथै जनताको मतको कदर गर्ने र जनताले गरेको विश्वास नटुटाउने उल्लेख गर्नुभयो ।

तिजको दर खाने कार्यक्रम भन्दा महिला दिदिबहिनीहरुको पिर मर्का र गुनासाहरु सुन्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धुर्व शर्मा पंगेनी, महासमिति सदस्य गायत्री आचार्य, जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, महिला नेतृ सुनिता उच्चै, कार्यपालिका सदस्य युगमाया पंगेनी, नेपाली कांग्रेस क्षेत्र नंं.२ प्रदेश क का सभापति अर्जुनप्रसाद खनाल, नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसी, आमा समुहको तर्फबाट वालिङ ८ की कृष्णा थापा लगायतले बोल्नुभएको थियो ।
महिला संघ नगर अध्यक्ष सरिता पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सिता थापा र संचालन सचिव शान्ता थापाले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु नेत्र खड्का, राजेश भण्डारी र सुनिता नेपालीले आ–आफ्ना प्रस्तुतिहरु राख्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


