स्याङ्जाका छ कैदीबन्दीको कैद मिनाहा

स्याङ्जा, असोज ३ गते । संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।
अदालतबाट तोकिएको कैद सजाय मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन ठीक भएका छ कैदीबन्दीलाई संविधान दिवसका अवसरमा सरकारले कैद मिनाहा गरेको हो ।
कैद मिनाहा हुनेमा तीन जना बहुविवाह, दुई जना डाँकाचोरी र एक जना सवारी ज्यान मुद्दाका रहेको जेल चूडामणि भण्डारीले बताउनुभयो ।
यहाँबाट १२ जनाको नाम कैद मिनाहाका लागि पठाएकोमा छ जनाको सिफारिस भएको जेलर भण्डारीले बताउनुभयो ।
डाँका चोरी मुद्दाका भीरकोटका मुम्मत बक्स मियाँको एक वर्ष पाँच महिना तीन दिन, फेदिखोलाका दिनेश कार्कीको एक महिना कैद सजाय माफी भएको हो ।
यस्तै, बहुविवाह मुद्दाका फेदिखोलाका ईश्वर कार्की र बिर्तामोड झापाकी कोपिला दर्जी सार्कीको समान चार महिना सात दिन तथा फेदिखोलाका जीवन कुमार कामीको तीन महिना १२ दिन कैद मिनाहा भएको भएको हो ।
यस्तै, सवारी ज्यान मुद्दाका रम्मा गाउँपालिका पाल्पाका नाम परिवर्तित एक जनाको सात महिना २० दिन कैद मिनाहा भएको भण्डारीले बताउनुभयो ।
१५ महिला र ३५ पुरुषको क्षमता रहेको स्याङ्जाको एक मात्र जिल्ला कारागारमा अब विभिन्न मुद्दा सात महिला र १५० परुषसहित १५७ बन्दी कैदी रहेका छन् ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…