भारतले पठायो सूर्यको अध्ययन गर्न नयाँ मिसन ।

काठमाण्डौ:
भारतले सूर्यको अध्ययन गर्न पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ।
शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले आदित्य-एल वानको सफल प्रक्षेपण गरेको हो। चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई सातामै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो।
आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर ९९ लाख ३० हजार माइल० टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ। उक्त बिन्दुलाई एल वान भनिन्छ।
यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ। प्रक्षेपण गरेको एक घन्टापछि इसरोले यसलाई सफल प्रक्षेपण भनेको छ। आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने बीबीसीले जनाएको छ। एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो।
एल वान विन्दुमा स्थापित भइसकेपछि यसले सूर्यलाई निरन्तर अवलोकन गरिरहने इसरोले जानकारी दिएको छ। ‘यसबाट सौर्य गतिविधिलाई अवलोकमा पहिलेभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ,’ इसरोले एक्समार्फत् भनेको छ।
यसले वायुमण्डलको अध्ययन गर्नेछ। पृथ्वीबाट अध्ययन गर्न नसकिने विकिरणहरूको अध्ययन गर्ने बिबिसीले जानकारी दिएको छ। भारत सरकारले सन् २०१९ मा यो परियोजना स्वीकृत गरेको थियो। यद्यपि, नासा र युरोपियन स्पेस एजेन्सीले पनि यसअघि सूर्यमा मिसन पठाएको थियो।
भारत अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्षयान अवतरण गर्ने पहिलो देश बनेको थियो।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…