रोकिराखेको ट्रकसँग बस ठोक्किँदा बाँकेमा चालकसहित सात जनाको मृत्यु ।
काठमाण्डौ:
बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो। मृत्यु हुने सातै जनाको सनाखत भएको छ।
बाँकेका डिएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्। बसका चालक बर्दियाको ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द, सहचालक बर्दियाको बारबार्दिया नगरपालिका -७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।
डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
दुर्घटनामा २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।
ठाकुरबाबा नगरपालिका-९ का ६७ वर्षीय बलबहादुर थारू र ४० वर्षीया आशा वि.क गम्भीर घाइते छन्।
सोही वडाका ४१ वर्षीय श्रीधर थारू, ४८ वर्षीया सरस्वती थापा, ४३ वर्षीय राधाकृष्ण चौधरी, ३९ वर्षीय अर्जुन वि।क, ५५ वर्षीया ललिता टमटा, ६५ वर्षीय चर्णुराम चौधरी, ६३ वर्षीया नैनसरा रोकाय, ६५ वर्षीय नैनबहादुर थापा, ७० वर्षीय चन्द्रबहादुर वि.क, ७२ वर्षीय कोटाले चौधरी, ७० वर्षीय हर्ष बहादुर थापा, ७२ वर्षीय जय बहादुर बम, ६७ वर्षीय कालीबहादुर थारू, ५८ वर्षीय मान बहादुर कामी, ६७ वर्षीय गेदुवा चौधरी, ५५ वर्षीय दल बहादुर थारू घाइते छन्।
त्यस्तै ६७ वर्षीय जसबीर बडुवाल, ५५ वर्षीय पतिराम थारू, ४१ वर्षीय हरिबहादुर थापा, ७५ वर्षीय जग्गु थारू, ६२ वर्षीय अन्तराम चौधरी, ४० वर्षीय रामु थारू, ५५ वर्षीय फुलराम थारू, ५० वर्षीय श्रीधर पोखरेल, ६२ वर्षीय शिव थारू, ४५ वर्षीया सुर्जी चौधरी, ६२ वर्षीय दलवीर चौधरी, ५० वर्षीय तेजबहादुर परियार, ५५ वर्षीय टक्क बहादुर बुढा, ४८ वर्षीय भागीराम थारू, ६० वर्षीय रामजी बाबु थापा र ५५ वर्षीया शिवराम थारू छन्।
डिएसपी डाँगीका अनुसार घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


