गण्डकी प्रदेशका नवीनतम उत्पादनहरुको बजारीकरण गर्न पोखरामा प्रदर्शनी ।
पोखरा :
गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका नवीनतम उत्पादन तथा नयाँ खोज अनुसन्धानको बारेमा पोखरामा प्रदर्शनी गरिएको छ । उत्पादनको सहज बजारीकरण गर्ने तथा एक जिल्लाको उत्पादन सम्बन्धी अनुभवलाई अन्य जिल्लामा साटासाट गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
मेलामा विभिन्न जिल्लामा नविनतमशैली र स्थानीय स्रोत तथा साधानको प्रयोगमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो यस्तै विदेशमा सिकेको सीपलाई स्वदेशमा कसरी प्रयोग गर्ने,कसरी स्वरोजगार बन्ने जस्ता विषयमा समेत जानकारी गराईएको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका, युएनडिपी र कोईकाको सहयोगमा प्रदेशभरका नविनतम उत्पादनलाई एकै ठाउँमा जुटाईएको हो ।
प्रर्दशनीमा राखिएका सामाग्रीहरुको अवलोकन पछि बोल्दै युएनडिपी नेपालका आवासीय प्रतिनिधि आईस्यानी ल्यावेले मेलाले स्थानीय स्रोत र साधनको प्रयोग गरी उत्पादन बढाउन सहयोग मिल्ने बताउनु भयो ।
मेलामा कोरियन ईन्टरनेशनल कर्पोरेशन एजेन्सीका अन्तराष्ट्रिय उपाध्यक्ष सहितका प्रतिनिधि र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले अवलोकन गर्नु भएको थियो । उहाँहरुले नयाँ सोचको प्रयोगलाई प्रभावकारी बनाउन मेला सफल रहने बताउनु भयो ।
एक दिन सञ्चालन भएको मेलामा कास्की,स्याङ्जा,तनहुँ,पर्बत,म्याग्दी,लमजुङ लगायतका जिल्लाका उत्पादनहरुलाई बजारीकरणको लागि अभियान स्वरुप मेलाको आयोजना गरिएको युएनडिपीका प्रादेशिक प्रमुख सुदिप अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


