नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा ।

pubji asian game

काठमाण्डौ:
हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ।

आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।

आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो। हङकङको ‍५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५.१०७ सेकेन्डको टाइमिङ रह्यो।

आजै भएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगे। यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगे।

अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन्।

चार-चार टिम मध्ये समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन्। अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। पर्सी हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP