नेपालद्वारा मालदिभ्स ४-१ गोलले पराजित ।
काठमाण्डौ:
साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ।
सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो।
१८औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए। त्यसपछि ३० औं मिनेटमा समिर तामाङले दोस्रो गोल गरे। ५८ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो। त्यस्तै नेपालका निरन्जन धामीले ८८ औं मिनेटमा गोल गरेका थिए। अतिरिक्त समयमा नेपालका समिर तामाङले अर्को गोल पनि गरेका हुन्।
यस खेलमा माल्दिभ्सका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए। नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहमद इयान हसनले रातो कार्ड पाए। नेपालले यसअघि गत बिहीबार पाकिस्तानसँग खेलेको थियो। त्यस खेलमा पाकिस्तान १ गोलले पराजित भएको थियो।
सोमबार साँझ साढे ५ बजे भारत र भुटानबीच खेल हुँदैछ। यो प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ। प्रतियोगिताको समूह ‘ए’मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समुहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो।
गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


