म्यानमार विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली टोली पराजित ।
काठमाण्डौ:
घरेलु टोली म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली पराजित भएको छ । सोमबार याङ्गुनमा खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारले नेपालमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल पनि निकै प्रतिस्पर्धात्मक थियो । नेपालले खेलको अन्तिम समयमा गोल खाएको थियो । खेलको ८६औँ मिनेटमा म्यानमारका लागि विन लाइङले निर्णायक गोल गरेका थिए । यसअघि गत शुक्रबार खेलिएको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


