न्यायिक समिति र मेलमिलापकर्ता बीच सिकाई तथा अनुभव आदानप्रदान
वालिङ :
न्यायिक समिति र मेलमिलापकर्ता बीच सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम वालिङमा सम्पन्न भएको छ । प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाको समन्वय र स्थानीय सरकार सवलीकरण अष्टेलियन एडको सहयोगमा वालिङमा सिकाई तथा अनुभव आदानप्रदान सम्बन्धी गोष्ठी गरिएको हो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले न्यायिक समिति र मेलमिलाप कर्ता बीच एकआपसमा अनुभव आदानप्रदान गर्दा मेलमिलापमा थप ज्ञान प्राप्त हुने बताउनुभयो । न्यायिक समितिको मेलमिलाप कार्यक्रमले सम्बन्धलाई सुमधुर बनाउने र सभ्य समाज निर्माणमा सघाउ पुग्ने नगरप्रमुख खांणले बताउनुभयो ।
नगर तथा वडा स्तरमा रहेका मेलमिलाप कर्ताहरुका कारण धेरैको जीवन तथा परिवारमा खुसीयाली छाएको भन्दै मेलमिलाप कर्ताहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, वालिङ २ का वडा अध्यक्ष तथा न्यायिक समिति वालिङका सदस्य पोतप्रसाद लम्साल, भीरकोट नगरपालिका वडा अध्यक्ष तथा न्यायिक समिति भीरकोटका सदस्य नन्दलाल खनाल, पुतलीबजार नगरपालिका न्यायिक समितिका सदस्य कमला गुरुङलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन कानुनी सल्लाहकार नेत्रप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाका न्यायिक समितिका सदस्यहरु तथा मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


