लिबियामा बाढीका कारण ३ हजारको मृत्यु, १० हजार बेपत्ता।
काठमाण्डौ:
लिबियामा आएको बाढीका कारण ३ हजारको मृत्यु भएको बताइएको छ । बाढीबाट बढी प्रभावित भएको डेर्ना सहरमा मात्रै १ हजारभन्दा धेरै मानिसको शव भेटिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
साथै १० हजार मानिस बेपत्ता भएको बीबीसीको समाचारमा उल्लेख छ । डानिएल आँधीसँगै लिबियामा सोमबार आएको बाढीले ठूलो मात्रामा भौतिक संरचना ध्वस्त पारेको छ । दुईवटा ठूला बाँध र चारवटा पुल भत्किँदा एक लाख मानिसको बसोबास रहेको डेर्ना सहरको अधिकांश भूभाग जलमग्न भएको छ । लिबियाको घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेका छन् । यसैबीच युनिसेफले बाढीपछि त्यहाँ उत्पन्न संकटलाई लक्षित गर्दै औषधि, लत्ताकपडासहित तत्कालका लागि आवश्यक वस्तु पठाएको जनाएको छ ।
आँधीले पूर्वी सहर बेंगाजी, सौसा र अल मार्ज पनि नराम्ररी प्रभावित बनेका छन् । आँधी प्रभावित सहरका थुप्रै घर भत्किनुका साथै मानिसहरू पानीका बीच अड्किरहेका छन् । पूर्वी लिबियाको स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादले भने यसअघि नै २ हजारको मृत्यु भएको बताएका थिए । जुन संख्या अझै बढ्नसक्ने उनको आकलन थियो । पछिल्लो अपडेट अनुसार मृत्यु हुनेको संख्या ३ हजार पुगेको सरकारी अधिकारीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच उद्धारका लागि पनि कठिनाइ भएको बताइएको छ । प्रभावित क्षेत्रमा उद्धारका लागि तालिमप्राप्त उद्धार टोली पनि उपलब्ध नभएको बीबीसीको समाचारमा उल्लेख छ । पछिल्लो समय त्रिपोलीस्थित प्रशासनले १४ टन मेडिकल सामग्री र ८० भन्दा धेरै चिकित्सक र प्यारामेडिकसहितको विमान बाढी प्रभावित क्षेत्रमा पठाएको छ । लिबियाको प्राकृतिक विपदप्रति दुख व्यक्त गर्दै अमेरिका, इजिप्ट, जर्मनी, इरान, इटाली, कतार र टर्कीले लिबियामा तत्काल सहायता पठाउन आफूहरू तयार रहेको जनाएका छन् ।
बेंघाजीस्थित रेडक्रिसेन्टका प्रमुख काइस फाकेरीले डेर्नामा पानीको सतह ३ मिटर (१० फिट) सम्म बढेको बताएका छन् । केही विज्ञहरूले भने सोमबार डेर्ना सहरमा ३ करोड घन स्क्वायर मिटरभन्दा बढी पानी सहरमा परेको थियो ।बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले जनाएका छन् । कतिपय प्रमाणित नभएका भिडियो फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जहाँ बाढीले मानिस बगाउँदै गरेको दृश्य र केही सवारी चालकहरू कारको छतमा बसेर उद्धारको पर्खाइ गरिरहेको दृश्य देखिन्छ ।
३ दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको २०११ मा हत्या गरिएपछि २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । सोमबारको प्राकृतिक विपदसँगै दुबै सरकारले तीन दिनको शोक मनाउने निर्णय गरेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


