अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला
वालिङ :
अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङ पढाइ मेला सम्पन्न भएको छ । रुम टु रिड र सूर्योदय क्लबको आयोजनामा सञ्चालन भएको पढाइ मेलामा करिव एक हजार जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका साथै पढाइ र यसको महत्वका बारे आफ्ना अनुभवहरु समेत साटासाट गरेका थिए ।
पुस्तक अध्ययनका साथै कक्षा एक देखि पाँच सम्म कोर्सको पढाइ भन्दा अन्य २५०० बाल पुस्तक अध्ययन गर्ने राष्ट्रिय माध्यमिक विद्यालय वालिङकी छात्रा लुवीना लामालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा दहथुम माध्यमिक विद्यालय भीरकोट का पाँच जना विद्यार्थीहरुले बालकथा वाचन गरेका थिए । कार्यक्रममा १५ जना बालबालिकाले बाल कथा वाचन गरेका थिए ।
मेलामा विभिन्न शीर्षकका बालकथाका पुस्तक तथा कार्डहरु प्रदर्शन गरी सहभागि सबैलाई निशुल्क रुपमा पढ्न पाउने व्यवस्था गरिएको र करिव ९०० बाल कथाका कार्डहरु निशुल्क वितरण गरिएको रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


