ईन्स्योरेन्स अथाहा सम्भाबनाको क्षेत्र हो : जि.सी.
प्रकाश डोटेल,
स्याङ्जा, १२ असोज :
सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख मिनबहादुर जि.सी.ले ईन्स्योरेन्स (जीवन बीमा) अथाहा सम्भाबनाको क्षेत्र रहेको बताएका छन् । उनले जीवन बीमा समाज सेवाका अलवा आर्थिक विकासको क्षेत्र पनि भएकाले यसको सम्भाबना गणना गर्न सकिने भएकाले अथाहा सम्भाबनाको क्षेत्र रहेको बताए ।
कम्पनीको पुतलीबजार शाखाले आयोजना गरेको बीमा सचेतना तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जि.सी.ले बीमाको बजार प्रसस्त र खुल्ला रहेको समेत बताए । बीमा गराउने समयमा बीमितले आर्थिक समस्या रहेको बताउँने गरेपनि बीमाबाट राम्रो प्रतिफल आउने र अस्तव्यस्त दिनचर्याको सुरक्षा प्रदान गर्न बीमा अनिवार्य भएको उनको भनाई थियो ।
नेपालमा करिब ४० प्रतिशत नागरिकले जीबन बीमा गरेको स्पष्ट पार्दै जि.सी.ले ६० प्रतिशत बजार खुल्ला रहेको बताए । उनले बीमा गराउने एजेन्सीहरुले आफ्नो प्रतिभालाई ठिक समयमा सहि सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा थप सफलता प्राप्त हुने दाबी गरे । उनीहरुले अवसरसँगै पेशागत चुनौती थपिदै गएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा २०२३ मा एम.डि.आर.टी. बन्न सफल पत्रकार प्रकाश डोटेल, कम्पनीका पोखरास्थित सभागृह शाखाका सिनियर एजेन्सी म्यानेजर सरला आचार्यले बीमा क्षेत्रमा लागेर प्राप्त हुने सफलता र जीवनमा आउने चुनौतीलाई सहजै पन्छाउने सकिने विचार व्यक्त गरे ।
त्यस अवसरमा सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखामा क्रियाशिल एजेन्सी म्यानेजर तथा सहकारीकर्मी शालिकराम काफ्ले, व्यवसायी पूर्णिमा श्रेष्ठ र राजेश कुँवर लगाएतका वक्ताहरुले बीमाको महत्वका बारेमा समेत बोलेका थिए ।
बीमा सचेतना तथा सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० मा व्यक्तिगत रुपमा प्रथम बीमा शुल्क संकलनमा उत्कृष्ट कारोबार गरेकोमा प्रकाश डोटेल र समूहगत रुपमा बीमा शुल्क संकलन गर्ने रामप्रसाद लामिछानेलाई सम्मान तथा एजेन्सी म्यानेजरहरुलाई समेत सम्मान गरिएको थियो ।
सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रमको संचालन र स्वागत कम्पनीका एजेन्सी म्यानेजर अमृत अर्याल र निशा बश्यालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता शाखाका प्रमुख सुजन पोखरेलले गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


