बिमा अभिकर्तालाई लघुबीमा तालिम
स्याङ्जा :
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बिमा सम्बन्धी तीन दिने आधारभुत बिमा अभिकर्ता तालिम स्याङ्जामा सम्पन्न गरेको छ । गत असार २२ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले असोज ४ गतेदेखि असोज ६ गते पुतलीबजार स्याङ्जामा तालिम सम्पन्न गरेको हो ।
कम्पनीले लघु बिमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिम संचालन गरेको हो । उक्त तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश लामिछानेले प्रशिक्षण र गार्डियन माइक्रो इन्स्योरेन्सकी स्याङ्जा ब्रान्च म्यानेजर राम माया अधिकारीले गरेकी हुन् ।
तालिम प्रशिक्षक क्षेत्रिय प्रबन्धक प्रकाश लामिछानेले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बिमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिएका थिए । तालिम नेपाल बिमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


