गर्भवती श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ ।
गोरखा:
गर्भवती श्रीमतीलाई बैबाहिक जवरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका-७ का एक व्यक्ति पक्राउ परेका छन् ।
गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई ईच्छा विपरीत जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिट समेत गरी जवरजस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनका श्रीमानलाई पक्राउ गरिएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
पक्राउ परेका व्यक्ति बिरुद्ध बैबाहिक जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


