मेसीलाई पछि पार्दै एर्लिङ हालान्ड युइएफए वर्ष खेलाडी ।

haland

काठमाण्डौ:
म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर एर्लिङ हालान्ड २०२२र२३ को युइएफए वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

सिटीले प्रिमियर लिग, एफए कप र यूईएफए च्याम्पियन्स लिग च्याम्पियन हुँदै ट्रेबल हासिल गर्दा २३ वर्षीय खेलाडी हालान्डले उत्कृष्ट खेल देखाएका थिए।

गत सिजन उनले सबै प्रतियोगितामा ५३ खेलमा ५२ गोल गरेका थिए। हालान्डले च्याम्पियन्स लिगमा १२ र प्रिमियर लिगमा ३६ गोल गर्दै दुवै प्रतियोगितामा शीर्ष स्कोरर बनेका थिए। उनले सिटीकै केभिन डे ब्रुइन र लिओनल मेसीलाई भोटिङमा पछि पारे।

भोटको नतिजा
१ एर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी) – ३५२ अंक
२ लियोनेल मेसी (अर्जेन्टिना र पेरिस, अहिले इन्टर मियामीमा) – २२७ अंक
३ केभिन डे ब्रुइन (बेल्जियम र म्यानचेस्टर सिटी) – २२५ अंक
४ इकाली गुन्डोगन (जर्मनी र म्यानचेस्टर सिटी, अहिले बार्सिलोनामा)– १२९ अंक
५ रोड्रि (स्पेन र म्यानचेस्टर सिटी) – ११० अंक
६ केलियन एमबाप्पे (फ्रान्स र पेरिसं) – ८२ अंक
७ लुका मोड्रिच (क्रोएसिया र रियल म्याड्रिड) – ३३ अंक
८ मार्सेलो ब्रोजोभिच (क्रोएसिया र इन्टर, अहिले अल नासरमा) – २० अंक
९ डेक्लान राइस (इंग्ल्याण्ड र वेस्ट ह्याम, अहिले आर्सनलमा) – १४ अंक
१० एलेक्सिस म्याक एलिस्टर ९अर्जेन्टिना र ब्राइटन, अहिले लिभरपुलमा० – १२ अंक
११ जेसस नाभास (स्पेन र सेभिल्ला) – ६ अंक

यस्तै म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला २०२२र२३ युइएफए वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP