नेपाल-चीन नाका खुलेको तीन दिनमै सुन तस्करी सुरु ।
काठमाण्डौ:
दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारमा बरामद सुन उत्तरी नाका लामाबगरको फलेकबाट नेपाल भित्र्याइएको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा तीन दिनअघि मात्रै उक्त नाका खुला गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार राति चार किलो सुन बरामद गरेको थियो । बिहीबारको बजार भाउअनुसार बरामद सुनको मूल्य ३ करोड ७७ लाख ४७ हजार आठ सय पाँच रुपैयाँ पर्छ । उक्त सुन बिगु गापा– १ का १८ वर्षीय पेम्बा तामाङले नेपाल भित्र्याएका थिए । उनलाई चिनियाँ नागरिकले काठमाडौं लैजान उक्त सुन दिएका थिए । उनले सुन लुकाउन बिगु गापा– १ का २८ वर्षीय केशर तामाङलाई दिएका थिए । केशरले उक्त सुन बिगु गापा– ३ जामुनेस्थित डेरामा लगी राखेका थिए ।
सोही क्रममा प्रहरीले सुन बरामद गरेको हो । जिप्रका प्रमुख डिएसपी दीपक खड्काले उत्तरी नाका फलेकबाट नेपाल ल्याइएको चार किलो सुन बरामद भएको जानकारी दिए । ‘अवैध तवरले सुन भित्रिएको सूचनापछि प्रहरी खोजीमा जुट्यो । यही क्रममा सिँगटीस्थित केशर तामाङको डेराबाट सुनका चारवटा बिस्कुट बरामद भए । खोजी गर्दै जाँदा उक्त सुन पेम्बा तामाङले नेपाल भित्र्याएको देखिन्छ । घटनामा एक चिनियाँ नागरिक पनि संलग्न छन् । उनलाई भने पक्राउ गरिएको छैन,’ उनले भने ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


