गरिमा विकास बैंकको तीज विशेष गीत र टिकटक प्रतियोगिता
काठमाडौँ :
गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ ।
करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।
साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ ।
यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितीयलाई रु २०,००० तृतीयलाई रु १०,००० र बाँकी ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।
यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ (गरिमा डिजी बटुवा, डेविट–क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


