वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु ।
भदौ २२ गते :
स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ बर्षका यम बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच जना साथीहरु मिलेर माछा मार्न गएका थापाको आज विहान २ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।
प्रहरीले सँगै माछा मार्न गएका अन्य व्यक्तीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ ६ थापाडाँडाका ३६ बर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ बर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयु गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० बर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने बर्ष ६० को बलदेव राना रहेकाछन् ।
उनीहरुको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बांसको भाटा सहित नियन्त्रणमा बरामद गरिएको सूचना अधिकारी लामाले जानकारी दिनुभयो ।
लासलाई पोष्ट मार्टमको लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान कार्य जारी प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


