प्रजातान्त्रिक विचार समाजको आयोजनामा विपी विचार गोष्ठी
वालिङ :
नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्म जयन्तीको अवसरमा वालिङमा विपी विचार गोष्ठी गरिएको छ ।
प्रजातान्त्रिक विचार समाज जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा विपीको शालिक अगाडि विचार गोष्ठी गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले समाजवाद हराउँदै जाँदा पार्टीमा गुटको प्रथा भएको भन्दै गुटभन्दा विचारको उत्पादन आवश्यक रहेको बताउनुभयो । विपीको सिद्धान्तलाई आत्मसाथ गर्न सकियो भने मात्रै नेपाली कांग्रेस सशक्त हुने भएकाले विपीले प्रतिपादन गरेका नीति तथा सिद्धान्तलाई अंगाल्नुपर्ने बताउनुभयो । नेपाली कांगे्रस लोकतान्त्रिक पार्टी भएको भन्दै लोकतन्त्रको रक्षार्थ पार्टी एकजुट भएर जनताको सेवामा लाग्नुपर्नेमा अर्यालले जोड दिनुभयो ।

यस्तै प्रजातान्त्रिक विचार समाजका केन्द्रिय उपाध्यक्ष जीवलाल काफ्लेले विपीको विचारलाई सवैले अनुशरण गर्नु पर्नेमा जोढड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यवहाक सभापति केदार काफ्ले, जिल्ला कार्यसमितिका पूर्व कार्यवहाक सभापति मुक्तिप्रसाद सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धुर्वप्रसाद शर्मा पंगेनी, कांग्रेस स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँंण, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य सरस्वती बगाले, कांग्रेस वालिङ १० का वडा सभापति नेत्रप्रसाद सुवेदी, नेपाल शिक्षक संघ वालिङ नगर अध्यक्ष हिमलाल पंगेनी, नेविसंघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष युक्तबहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत होमकान्त गौतमले र सञ्चालन सीता गौडेल गैह्रेले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


