अर्का क्रिकेटर माथि यौन दुर्व्यवहारको आरोप: निवेदन दिन तयार पारिएको कागजात सामाजिक सञ्जालमा सार्वजनिक ।
काठमाण्डौ:
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । सोल्टीमोडको ह्यात प्लेसस होटलमा इन्टर्न गर्ने क्रममा चिनजानपछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको एक किशोरीले आरोप लगाएकी छिन् ।
आइतबार साँझ एकाएक सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको छ । तर निवेदनको विषयमा बुझ्दा प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘मलाई आज बिहानैदेखि धेरै जनाले फोन गरिरहनुभएको छ । मेरो कार्यालयमा त्यस्तो कुनै निवेदन आएको छैन । निवेदन दिन तयार पारिएको हो भने मलाई थाहा छैन । मेरो कार्यालयमा अनौपचारिक वा औपचारिक कुनै उजुरी वा निवेदन आएको छैन ।’
पीडित भनिएकी किशोरीले आफ्नो निवेदनमा आसिफसँग चिनजान भएपछि आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको आरोप लगाएकी छिन् । आसिफले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भनेर दुईजना किशोरीले आरोप लगाएका छन् । कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रलाई सम्बोधन गरेर लेखिएको उक्त निवेदन उनीहरूले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।
राष्ट्रिय टिमका विकेट किपर ब्याट्सम्यान सेखबारे लागेको आरोपका सम्बन्धमा अनौपचारिक जानकारीमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले बताए । उनले भने–‘यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जालमा आएको निवेदनहरू देखियो, तर हालसम्म प्रहरी कार्यालयमा लिखित उजुरी वा जाहेरी परेको छैन । बाहिर देखिएको निवेदन हेर्दा उजुरी वा जाहेरी दिन खोजिएको हो कि जस्तो देखिन्छ ।’ रातोपाटी
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


