पुर्व अध्यक्ष र उत्कृष्ट व्यवसायीलाई सम्मान
बिष्णु अधिकारी/गल्याङ् :
कालीगण्डकी गल्याङ यातायात प्रालिद्वाराले पुर्व अध्यक्ष र उत्कृष्ट यातायात व्यवसायीलाई सम्मान गरेको छ । बिजया दशमी तथा शुभ दिवावली २०८० को पावन अबसरमा आयोजित कार्यक्रममा पुर्ब अध्यक्ष र उत्कृष्ट यातायात ब्यबसायीलाई सम्मान गरेको हो । शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा गरिमा बिकास बैकका अध्यक्ष एंव कालीगण्डकी गल्याङ यातायात प्रालिका पुर्ब अध्यक्ष श्याम प्रसाद बस्यालले ब्यबसायीको सुरक्षा हकहितको लागि प्रालि सदैब लागिपरेको बताए । आगामी दिनमा यात्रालाई सुरक्षीत तरिकाले लैजान ब्यबसायीलाई बस्यालले आग्रह गरे ।
कार्यक्रम सस्थापक अध्यक्ष शकरदेब अधिकारी, जिल्ला यातायात समन्वय समितीका सल्लाहकार महेन्द्र श्रेष्ठ, गल्याङ प्रहरी चौकीका प्रमुख यामनाथ बगाले लगायतले चाडवाडका बेला यात्रुहरुको धेरै भिडभाड हुनेहुँदा सुरक्षित यात्रा गराउन आग्रह गरे । कार्यक्रममा स्वागत प्रालीका संचालक चिन्तामणी अर्याल र सन्चालन बिष्णु अधिकारी गरेका थिए । कार्यक्रममा उत्कृष्ट यातायात ब्यबसायी रिम बहादुर सारु र खेमानन्द न्यौपाने लाई सम्मान गरिएको थियो भने सस्थापक अध्यक्ष शकर प्रसाद अधिकारी, पुर्ब अध्यक्ष श्याम प्रसाद बस्याल, निबर्तमान अध्यक्ष सुर्य प्रसाद चापागाईं लाई सम्मान गरिएको थियो ।
गल्याङ् क्षेत्रबाट बिभिन्न क्षेत्रमा जाने सवारी साधनको व्यवस्थापन कालीगण्डकी गल्याङ यातायात प्रालिले गर्दै आएको छ । जिल्लाकै पुरानो व्यवसायी मध्ये यो प्रालिले यात्रुहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


