पुर्व अध्यक्ष र उत्कृष्ट व्यवसायीलाई सम्मान

बिष्णु अधिकारी/गल्याङ् :
कालीगण्डकी गल्याङ यातायात प्रालिद्वाराले पुर्व अध्यक्ष र उत्कृष्ट यातायात व्यवसायीलाई सम्मान गरेको छ । बिजया दशमी तथा शुभ दिवावली २०८० को पावन अबसरमा आयोजित कार्यक्रममा पुर्ब अध्यक्ष र उत्कृष्ट यातायात ब्यबसायीलाई सम्मान गरेको हो । शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा गरिमा बिकास बैकका अध्यक्ष एंव कालीगण्डकी गल्याङ यातायात प्रालिका पुर्ब अध्यक्ष श्याम प्रसाद बस्यालले ब्यबसायीको सुरक्षा हकहितको लागि प्रालि सदैब लागिपरेको बताए । आगामी दिनमा यात्रालाई सुरक्षीत तरिकाले लैजान ब्यबसायीलाई बस्यालले आग्रह गरे ।
कार्यक्रम सस्थापक अध्यक्ष शकरदेब अधिकारी, जिल्ला यातायात समन्वय समितीका सल्लाहकार महेन्द्र श्रेष्ठ, गल्याङ प्रहरी चौकीका प्रमुख यामनाथ बगाले लगायतले चाडवाडका बेला यात्रुहरुको धेरै भिडभाड हुनेहुँदा सुरक्षित यात्रा गराउन आग्रह गरे । कार्यक्रममा स्वागत प्रालीका संचालक चिन्तामणी अर्याल र सन्चालन बिष्णु अधिकारी गरेका थिए । कार्यक्रममा उत्कृष्ट यातायात ब्यबसायी रिम बहादुर सारु र खेमानन्द न्यौपाने लाई सम्मान गरिएको थियो भने सस्थापक अध्यक्ष शकर प्रसाद अधिकारी, पुर्ब अध्यक्ष श्याम प्रसाद बस्याल, निबर्तमान अध्यक्ष सुर्य प्रसाद चापागाईं लाई सम्मान गरिएको थियो ।
गल्याङ् क्षेत्रबाट बिभिन्न क्षेत्रमा जाने सवारी साधनको व्यवस्थापन कालीगण्डकी गल्याङ यातायात प्रालिले गर्दै आएको छ । जिल्लाकै पुरानो व्यवसायी मध्ये यो प्रालिले यात्रुहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…