पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवाहरुको बिषयमा छलफल
वालिङ :
पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवाहरुको बिषयमा उद्योगी ब्यापारी व्यावसायीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त कार्यक्रममा वालिङ क्षेत्रका उद्योगी व्यापारी ब्यवसायीहरु तथा उद्यमी महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुँदै घरेलु उद्योग तथा प्राईभेट फर्म दर्ता गरी सञ्चालनमा रहेका र ब्यवसाय छोडेका ब्यक्तिहरुले तत्सम्बन्धी पूर्ण ज्ञान नभएका कारण समयमा नवीकरण वा फर्म खारेजी नगरी बस्दा धेरै जरिवाना तिर्नु परेको र यसबाट ब्यवसायीहरु निराश बन्न पुगेका हुँदा आगामी दिनमा यस्तो नहोस् र ब्यवसायी मित्रहरुले आफ्नो ब्यवसाय सञ्चालन गर्दा नेपाल सरकारका विभिन्न तह र कार्यालयहरुमा गर्नुपर्ने दर्ता, नवीकरण एवम् ब्यवसाय छोड्दा अपनाउनुपर्ने विधिहरुको राम्रो ज्ञान भएमा मात्र सहज रुपमा ढुक्कसँग ब्यवसाय सञ्चालन गर्ने वातावरण बन्छ भन्ने उद्देश्यले यस्ता किमिमका कार्यक्रमहरु आयोजना गरेको बताउनुभएको थियो ।
कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका कार्यालय प्रमुख ठाकुरप्रसाद ढकाल र कम्प्युटर अपरेटर कृष्ण लम्सालले अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो क्रममा प्रमुख ढकालले सरल र स्पष्ट रुपमा बिषय वस्तुको जानकारी गराउनुका साथै सहभागीहरुका जिज्ञाशालाई प्रष्ट रुपमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा चालु आर्थिक बर्षमा पर्यटन तथा उद्योग कार्यालय र वालिङ उद्योग वाणिज्य संघबीच साझेदारी रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न माग गर्दै संघका अध्यक्ष चेतनारायण श्रेष्ठद्वारा मागपत्र पेश गर्नुभएको थियो ।
संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा, बरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको स्वागत मन्तब्य सँगै शुरुभएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले शुभकामना मन्तव्य दिनुहुँदै ब्यवसायीले भोग्नुपरेका समस्याहरुलाई तीतो यथार्थको रुपमा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
५ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…