नेपाली नागरिकको लोकप्रिय पार्टी काँग्रेस हो : उपसभापति तिवारी
वालिङ :
नेपाली कांगे्रसको आन्तरिक विषेश अभियान तथा नगर कार्यसमितिको बैठक आज पतञ्जली योग भवन वालिङ ८ मा सम्पन्न भएको छ । नेपाली कांगे्रस वालिङ नगरसमितिको आयोजनामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोकतान्त्रिक पार्टी नेपाली कांगे्रसलाई यो अभियानले अझै ससक्त, मजबुद बनाउने बताइन् । पार्टी सुदृढिकरणका लागी एकताबद्ध भएर लाग्नुपर्ने भन्दै नेपाली कांगे्रस नागरिकको लोकप्रिय पार्टी भएको तिवारीको भनाई छ । साथै उनले महिलालाई आयआर्जनसंगै नेतृत्वदायी भुमिकामा पु¥याउनका लागी कांगे्रसले विगतदेखि गर्दै आएको कार्य सराहनीय रहेको भन्दै पार्टीका भातृ संघसंगठनलाई परिचालन गर्दै अगाडि बढ्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा प्रदेश सांसद भोजराज अर्यालले नेपाली कांगे्रस भ्रष्टाचार र बेथितिको विरुद्ध अगाडि बढेको बताए । कार्यक्रममा कांगे्रसका प्रदेश सदस्यद्धोय धु्रवप्रसाद शर्मा पंगेनी र कुमबहादुर गुरुङ, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, महासमिति सदस्य लक्ष्मीकान्त रेग्मीलगायतले काँग्रेसको नेतृत्व सच्चिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रदेश प्रतिनिधि सिता गुरुङले संगठन, पार्टीमा अनुशासनको भुमिका, महिला सुदृढिकरणका विषयमा र जिल्ला प्रतिनिधि छायाराम खनालले पार्टीको सैद्धान्तिक गतिविधि, योगदानका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नगरसभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभपाति पदमराज गुरुङ, धन्यवाद उपसभापति सिता थापा र संचालन सचिव सागर कुँवरले गरेका थिए । थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


