वालिङमा नापतौलका उपकरणहरुको जाँचपास
वालिङ :
वालिङमा नापतौलका उपकरणहरुको जाँचपास गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आब्हान, समन्वय तथा सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट खटिएको डोरले यही भदौ ३ गतेदेखि ०६ गतेसम्म ४ दिनसम्म वालिङ क्षेत्रका ब्यवसायीहरुको ढक, तराजु लगायत नापतौलको उपकरणहरुको जाँच एवम् प्रमाणिकरण गरेको हो ।
ब्यवसायीहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा नापतौलका लागि प्रयोग हुने ढक, काँटा, तराजु तथा मिटर जस्ता उपकरणहरु खरिद गरेकोे बिल सहित ३५ दिनभित्र गुणस्तर तथा नापतौल कार्यालयबाट सञ्चालन अनुमति लिनुपर्ने र आवधिक रुपमा त्यसको जाँचपास गराउनुपर्ने साथै डिजिटल काँटा प्रयोग गर्नेले काँटाको क्षमताको १० प्रतिशत ढक सुरक्षित राख्नुपर्ने कानूनी ब्यवस्था रहेको छ । जसबाट नापतौलमा घटबढ नभई ब्यवसायी तथा उपभोक्ता दुवैलाई ठगिन नपर्ने हुन्छ ।

डोरको सहजीकरणमा मुख्य भूमिका खेलेको वालिङ उद्योग वाणिज्य संघले यस क्षेत्रका ब्यवसायीहरुलाई सरकारका विभिन्न कार्यालयहरुमा गर्नुपर्ने दर्ता, नवीकरण लगायतका कार्यहरु समयमै गर्ने गराउने र आकस्मिक रुपमा हुने अनुगमनमा जरिवाना लगायतका विभिन्न सजायहरु भोग्न समेत नपर्ने उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनाराण श्रेष्ठले बताउनुभयो । ढुक्कसँग आफ्नो ब्यवसाय सञ्चालन गर्ने वातावरण सृजना होस् भन्ने कुरामा वाणिज्य संघ सदैव क्रियाशील रहेको र आफ्ना ब्यवसायी सदस्यहरुलाई पनि सुसूचीत बनाउने तर्फ सक्रिय रुपमा लागिपरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यस क्रममा ३०० भन्दा बढी उद्योगी ब्यापारी ब्यवसायीहरुले आफ्ना नापतौलका उपकरणहरुको जाँच एवम् प्रमाणिकरण गराएका थिए । यो कार्यक्रमले आँफू सचेत भएर समयमै सबै कागजात दुरुस्त राखेमा जरिवाना सहितको धेरै रकम तिर्नु नपर्ने व्यवसायीलाई ज्ञान समेत दिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


