विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय बन्द ।
स्याङजा २५ साउन ।
स्याङ्जामा आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुमा आँखा पाक्ने रोग फैलिए पछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । वालिङमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ७० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो ।
आगामी सोमवार सम्मका लागि पालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखा पाक्ने समस्या लिएर आउने मध्ये धेरै बालबालिका रहेको बताउनु भयो । गुरुङका अनुशार पछिल्लो दुई तीन दिनमा मात्रै आँखाका बिरामीको संख्या एक सयको हाराहारीमा रहेको छ । जसमा प्राय सवै विद्यार्थीहरु रहेकाछन् ।
नगरपालिकाले निकालेको सूचनामा भनिएको छ : “हाल वालिङ नगरपालिकाका विभिन्न स्थानहरुमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरुमा समेत परिरहेको साथै आँखा पाक्ने रोग आफैमा संक्रामक सरुवा रोग भएकोले संकमणको चक्रलाई रोक्नका लागि यस पालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुको वर्षे/हिउदे / स्थानीय विदावाट कट्टा हुने गरी मिति २०८०/०४/२६ गते शुक्रवार देखि २०८०/०४/२९ गते सोमवार सम्म ४ दिन विद्यालय वन्द गर्नुहुन सरोकारवाला सवैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साथै सवै विद्यार्थीहरुलाई घरमा सुरक्षित तरिकाले वस्न लगाउने र अभिभावकलाई पनि संक्रमणवाट वच्ने सूचनामूलक सन्देश प्रवाह गर्नुहुन समेत नगरपालिका सवैमा अनुरोध गर्दछ ।”

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


