स्याङ्जाका १९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा
प्रकाश डोटेल/ स्याङ्जा :
स्याङ्जाको कुल खेतीयोग्य जमिन मध्ये १९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा पुगेको छ । पछिल्लो आर्थिक वर्ष २०७९÷०८० को तथ्याङ्क अनुसार जिल्लाका खेतीयोग्य ५२ हजार हेक्टर जमिन मध्ये ३६ दशमलब ५४ प्रतिशत अर्थात १९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको हो ।
सिंचाई सुविधा पुगेका १९ हजार हेक्टर मध्ये ७ हजार ५ सय हेक्टर जमिनमा सरकारी लगानी र अन्य जमिनमा सामुदायिक र व्यक्तिगत लगानीमा सिंचाई सुविधा पुगेको छ । १९ हजार हेक्टर मध्ये १२ हजार हेक्टरमा नियमित र ७ हजार हेक्टर खेतीयोग्य जमिनमा मौसमी सिंचाई सुविधा रहेको छ ।
खेतीयोग्य जमिनसँग सतह मिल्ने नदी तथा खोलाबाट कुलो र नहर मार्फत सिंचाई सुविधा पु¥याएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्याङ्जाले जनाएको छ । सिंचाई सुविधा नपुग भएका र परम्पराबादी सिंचाई सुविधा भएका ३१ हजार हेक्टर जमिनमा लिफ्टिङ् (विद्युतको सहयोग) मार्फत सिंचाई सुविधा पु¥याउनु पर्नेछ ।
डिभिजन कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा प्रदेश सरकारको अनुदानमा सिंचाई तर्फ ८ करोड ७५ लाख ३२ हजारमा ९८ योजना मध्ये ३५ वटा सम्पन्न गरेको छ भने ६३ योजना चालु वर्ष सक्ने गरी काम अगाडी बढाएको छ । संघ तर्फको ११ करोड २२ लाख ८३ हजार सशर्त अनुदानमा निर्माणाधिन ३३ योजना मध्ये २० सम्पन्न र १३ वटा योजना चालु वर्षमा सक्नेछ ।
कार्यालयले नदि नियन्त्रण तर्फ प्रदेश सरकारको ४ करोड ६६ लाख ५५ हजारमा १९ वटा योजना र संघीय सरकारको ४ करोड ८० लाख सशर्त अनुदान बजेटबाट १६ वटा योजना निर्माण गरेको छ । बजेट अभाबमा निर्माण सम्पन्न हुन नसकेका प्रदेश तर्फ १ वटा र संघ तर्फ ३ वटा योजनालाई क्रमागत रुपमा राखिएको डिभिजन कार्यालय स्याङ्जाका डिभिजन प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयले कुल बजेटको ८९ दशमलब ९८ प्रतिशत वित्तिय प्रगति गर्न सफल भएको छ । विनियोजित १ करोड २८ लाख २३ हजार चालु शिर्षकको बजेटमा ९२ दशमलब ५ प्रतिशतले हुन आउने १ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।
पुँजीगत तर्फ विनियोजित २९ करोड ७४ लाख ८३ हजार मध्ये ८९ दशमलब ८७ प्रतिशत अर्थात २६ करोड ७३ लाख ५९ हजार रुपैयाँ खर्च गर्न सफल भएको कार्यालयले जनाएको छ । गएको आर्थिक वर्षमा कार्यालयले समग्र रुपमा ९५ दशमलब ०४ प्रतिशत भौतिक प्रगति गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
गएको आर्थिक वर्षमा कार्यालयले जिल्लाका प्रमुख रुपमा आँधीखोला, ज्याग्दीखोला, बाडखोला, भाटखोला, सेतिखोला र दरौखोलामा करिब २ दशमलब ८ सय किलोमिटर तटबन्ध गरेको छ । प्रदेश तर्फको बजेटबाट गरेको तटबन्धबाट २४ हेक्टर र संघ तर्फको बजेटबाट निर्माण गरिएको तटबन्धबाट १३ हेक्टर गरी ३७ हेक्टर खेतीयोग्य जमिन संरक्षण गर्न सफल भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


