स्याङ्जामा अरिङ्गालको टोकाईबाट एकको मृत्यु ।

स्याङ्जा,१३ भदौ :
स्याङ्जामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । बिरूवा गाउँपालिका वडा नं. १ किचनासका २८ बर्षीय चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
मङ्गलबार साँझ घर नजिकै जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाईते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राती नैे मृत्यु भएको प्रहरीको भनाई छ ।
अरिङ्गाल पोल्नको लागि श्रेष्ठसँगै ६ जना गएकोमा अन्य ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई अन्दाजी ६०÷७० वटा अरिङ्गालले टोकेको बताईएको छ ।

Facebook Comments Box
TOP