महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई ।
काठमाण्डौ:
इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।
खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गरेको प्रहार इंग्लिस गोलरक्षक मेरि इपर्सले जोगाएकी थिइन् ।
केइरा वाल्सले आफ्नो बक्समा बल ह्यान्ड गरेपछि ‘भार’ को मदतले पेनाल्टीको निर्णय गरिएको थियो । युरोपेली च्याम्पियन रहेको इंग्ल्यान्डले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेन् ।
स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए । स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा स्वीडेन विजयी भएको थियो ।
स्पेनको फाइनल यात्रा र उपाधि जित्नुलाई महिला फुटबलको अपूर्व उपलब्धी मानिएको छ । प्रतियोगिता सुरु हुन केही महिना अगाडि प्रशिक्षक जोर्गे भिल्लाविरुद्ध १५ खेलाडीले विद्रोह गरेका थिए । त्यसमध्ये तीन खेलाडीले मात्र स्पेनका लागि यस विश्वकपमा खेले ।
त्यस्तै लिग चरणमा स्पेन लिग चरणमा जापानको हातबाट ४–० ले पराजित भएको थियो र यसक्रममा टिमको ठूलो आलोचना भएको थियो ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


