एसइइका उत्कृष्ट विद्यार्थीलाई नेविसंघद्वारा सम्मान
गोपिकृष्ण रेग्मी/चापाकोट :
नेपाल विद्यार्थी संघ चापाकोटले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार चापाकोट ९ सिटीहलमा एक कार्यक्रमको आयोजना गरी नेविसंघले उतकृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने सहित चापाकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका एकसय ५० विद्यार्थीलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्नुहुँदै चापाकोट नगर प्रमुख देवबहादुर खाँण (इश्वर) ले नेपाली कांग्रेसको नर्सरी नेविसंघ जुनसुकै क्षेत्रमा अब्बल हुने गरी अध्ययन गर्न सुझाव दिनुभयो । नगर प्रमुख खाँणले आँफू नेविसंघमा काम गर्दै नेतृत्व गर्न सफल भएको बताउदै सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि चापाकोटका विद्यार्थी उत्कृष्ट हुनुपर्ने बताउनुभयो । काँग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र पंगेनी, शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पौडेल, नेपाली कांग्रेस नगर सभापति विक्रम सारु, नेविसंघका नेता धनराज पौडेल लगायतले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म आजका विद्यार्थी पुग्नुपर्ने भनाइ राख्नुभयो
नेपाल विद्यार्थी संघ चापाकोट नगर सभापति महेश डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल प्रेस युनियन स्याङ्जाका उपाध्यक्ष गोपीकृष्ण रेग्मीले र कार्यक्रम सञ्चालन प्रेमनारायण रेग्मीले गर्नुभएको थियो । महेश डोटेल नेविसंघको केन्द्रीय सदस्य मनोनित भएपछि चापाकोटको कार्यवाहक सभापतिको जिम्मेवारी सुनिल पंगेनीलाई दिइएको नेविसंघले जनाएको छ ।


समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


