सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध : ठुला सवारी साधन बाटोमै रोकिए
तनहुँ, साउन २३ गते ।
पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्ड ठुला सवारी साधनका लागि अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
सुरुमा दुवैतर्फ अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ । तर ठुला सवारी साधन भने ओहोरदोहोर गर्न सकेका छैनन् । सडक विस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षापछि भासिएको प्रजिअ रिजालले जानकारी दिनुभयो । पानी परिरहेकोले दुवैतर्फ सडक सञ्चालन गर्न समय लाग्ने उहाँको भनाइ छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


