नेविसंघ अर्जुनचौपारीद्वारा एसईई उत्तिर्णलाई सम्मान

स्याङ्जा :
नेपाल विद्यार्थी संघ अर्जुनचौपारी गाउँपालिका स्याङ्जाले २०७९ मा एसइई उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रामचन्द्र पौडेलले विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै नेविसंघले सम्मान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै अझै रचनात्मक काममा लाग्न नेविसंघलाई आग्रह गर्नु भयाे । लगनशिल र मेहेनतका साथ अध्ययनलाई सफल बनाउनुपर्ने भन्दै अध्ययनले नै व्यक्ति नेतृत्वदायी भुमिकामा पुग्न सक्ने पौडेलकाे भनाइ छ  ।


कार्यक्रममा नेपाली कांग्रेस अर्जुनचौपारीका सभापति विष्णु काफ्ले, नेविसंघ केन्द्रिय सदस्य सुनिल चापागाई, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश (ख) का सचिव प्रताप पौडेल, पार्टी जिल्ला सदस्य बोधनारायण रेग्मी, महिला संघ केन्द्रिय सदस्य माया केसी, गाउँपालिकाका पार्टी उपसभापति क्षेत्रबहादुर रोका, शालिकराम काफ्ले, नेविसंघ गाउँपालिका पुर्व सभापति केशव चापागाइ, नेविसंघ पुर्व सदस्य भीमबहादुर रोकालगायतले शुभकामना तथा बधाई दिएका थिए ।

नेविसंघ सभापति अर्जुन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अनिल काफ्ले र संचालन किशोर पौडेलले गरेका थिए । ११० जना एसइइ उत्तिर्ण विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान तथा बधाई दिईएको नेविसंघ अर्जुनचौपारीका  सभापति  सापकोटाले जानकारी दिनुभयाे । नयन ग्राफिक्सको सहकार्यमा सम्मानपत्र उपलव्ध गराईएको  नेविसंघ अर्जुनचौपारीले जनाएकाे छ ।

 

Facebook Comments Box
TOP