हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि
काठमाडौं :
चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको हो।
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेपछि डकवर्थ लुइस पद्दतिमार्फत् विजेता घोषणा गरिएको हो। हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो।
भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो। वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो।
हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो। नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो। जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


