मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
स्याङ्जा :
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग, २०७९ बमोजिम पीडित व्यक्तिले निवेदन दिने व्यवस्था गरिएको हो ।
प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जारी गरेको सूचनामा अहिलेसम्म अनुचित लेनदेनको बारेमा निवेदन दिने बारेमा पीडितले थाहा नपाएर निवेदन दिन छुटेको भए सबुत प्रमाणसहित जिल्ला प्रशासनमा निवेदन दिन भनिएको छ ।
प्रशासनले अहिलेसम्म कति जना पीडितले निवेदन दिएका छन् भन्ने विषय भने सूचनामा खुलाइएको छैन । मिटरब्याज लगाउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग नागरिक स्तरबाट चर्को दबाब दिएपछि सरकारले कानुन निर्माण गरेको छ ।
यस्तै, जिल्ला प्रशासनमा आठ जना मिटरब्याज पीडितले निवेदन दिएको बताइएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


